नेपाली युवतीको व्यापार यसरी फस्टाएको छ

काठमाडौ, ३ माघ । 

६ महिनाअघि बनेको राहदानीमा भारतका दिल्ली, मुम्बई हुँदै ओमानको मस्कट आवागमन गरेको छाप लगाइदिएर फेरि दिल्ली हुँदै कोलम्बो पठाउने तयारीमा रहेकी एक नेपाली महिला विमानस्थलबाट पक्राउ परेकी छन् ।

गत सोमबार पक्राउ परेकी बाँके घर भएकी २८ वर्षीया पुजा पुनलाई न्यायिक हिरासतका क्रममा तिहाड जेलमा राखिएको छ। 

‘जीवनमा पहिलोपटक विदेश उडेकी उनको राहदानीमा भारतका दिल्ली, मुम्बईदेखि ओमानसम्मको अध्यागमन छाप लगाइएको छ ।

त्यो पनि नक्कली रहेको पुष्टी भइसकेको छ,’ कानूनी उपचारबाट महिलाको उद्धारमा जुटेका माइती इन्डियाका बालकृष्ण पाण्डेले भने, ‘मानव तस्करीको सञ्जालले नेपाली युवतीलाई भारतका विभिन्न विमानस्थल हुँदै कोलम्बो उडाउने र त्यहाँबाट खाडी मुलुकमा पुर्‍याउन थालेको थप पुष्टी भएको छ।’

जनवरी ११ मा एयर इन्डियाको नियमित उडानबाट कोलम्बो जान लागेकी पुनको पासपोर्टमा किर्ते छाप र विवरण भेटिएपछि उनलाई तत्काल अध्यागमन प्रहरीले अनुसन्धानमा लिएको थियो ।

त्यसपछि पटियाला कोर्टले गरेको निर्णयमा कम्तिमा दुइ महिनाका लागि पुजालाई न्यायिक हिरासत क्रममा तिहाड जेलमा राखिएको छ ।

पुजाको गाउँमा ४ नाबालक छोरा रहेको र क्यान्सरले ग्रस्त आमाको उपचारका लागि रोजगारीमा आफू विदेश जान चाहेको उनले बयानमा बताएकी छिन् ।

भारत प्रवासमा रहेका उनका श्रीमान ओमबहादुरसमेत केही बर्षयता सम्पर्कहीन भएको बयानमा उल्लेख छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...