हिमपातले मर्नेको सख्या १९ पुग्यो, ४८ फिटसम्म हिउँ पर्नसक्ने

अमेरिका, १० माघ ।

अमेरिकामा दुई दिनदेखि सुरु भएको हिमपात र आँधीहुरीका कारण अमेरिकामा १९ जनाको मृत्यु भएको छ ।
शुक्रवारदेखि लगातार परेको हिमपात र आँधीहुरीका कारण ९ जना र बाँकी १० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको समाचार फक्सले जनाएको छ । हिमपातका कारण अमेरिकाको पूर्वी भूभागको जनजिवन प्रभावित भएको छ ।

एघार राज्यहरुमा संकटकाल घोषणा गरिएको छ । हिमपातले सबैभन्दा प्रभावित नर्थ क्यारोलिना राज्यमा झण्डै एक लाख ५० हजार जति घरमा विद्युत आपुर्ती बन्द भएको छ भने वासिङटन डिसीमा शुक्रबार दिउँसो देखि आईतबार सम्मका लागि सार्वजनिक यातायात ‘मेट्रो सब वे’ बन्द गरिएको छ ।

नर्थ क्यारोलिना देखि न्युयोर्क सम्म झण्डै साँढे ८ करोड मानिसहरु प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ । सञ्चार माध्यमहरुमा हिउँबाट परेको विषयमा मात्रै लाईभ रिर्पोटिडहरु भैरहेका छन ।

पेन्सिलभेनिया, मेरिल्याण्ड, केन्टोकी, जर्जिया, टेनेसी, , थर्न क्यारोलिना, न्युजर्सी, न्युयोर्क, डेलवार भर्जि्निया र वासिंगटन डिसीमा संकटकाल घोषणा गरिएको छ ।

झण्डै २८ ईन्च सम्मको हिमपातका कारण दश वटा राज्यमा आपत्तकालीन स्थितिको घोषणा गरिएको हो । यहि अनुपातमा रहे त्यो हिउँ रातभरीमा ४८ इन्चसम्म हिउ पर्ने मौसमविद्हरुको पूर्वानुमान छ । अमेरिकामा सन् १९२२ मा २८ इन्चसम्म हिउ परेको इतिहास छ ।

प्रभावित राज्यहरुमा मानिसहरुलाई बाहिर ननिस्कन त्यहाँका गभर्नरहरुले सार्वजानिक अपिल गरेका छन् । सवैतिर नेसनल गार्डजस्ता आकस्मिक सेवाहरुलाई तैनाथ गरिएको छ ।

हिमपात सँगैको हावा हुरी, विद्युत आपुर्तीमा अवरोधले जनजिवन अस्तव्यस्त बनेको छ भने सो क्षेत्रमा शुक्रबार विश्वविद्यालय, विद्यालय बन्द भएका थिए ।

हजारौं आन्तरिक एवम बाह्य उडानहरु स्थगित भएका छन् । प्रतिकुल मौसमका कारण शुक्रबार ६ हजार तीन सय उडानहरु रोकिएका थिए भने शनिबार रातिसम्म थप पाँच हजार उडानहरु स्थगित गरिने छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...