इरानमाथि अमेरिकाले फेरि नयाँ प्रतिबन्ध लगायो

न्युयोर्क । 


अमेरिकी वित्त मन्त्रालयले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ। इरानले हालै गरेको मिसाइल परीक्षणपछि यो प्रतिबन्ध लगाइएको हो । 

नयाँ प्रतिबन्धअन्तर्गत इरानी मिसाइल कार्यक्रमसँग सम्बन्धित ११ वटा संस्था र व्यक्तिले अमेरिकी बैंकिङ सेवा प्रयोग गर्न पाउने छैनन् । 

यो प्रतिबन्ध आइतबार परमाणु कार्यक्रमको सन्दर्भमा इरानविरुद्ध जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्त्य भएको घोषणालगत्तै लगाइएको हो । प्रतिबन्ध अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी आईएइएको प्रतिवेदनपछि हटाइएको हो । 

प्रतिवेदनमा इरानले परमाणु हतियार बनाउन रोक्ने उद्देश्यले गरिएको सम्झौता पालना गरेको उल्लेख छ। प्रतिबन्ध हटेसँगै चार जना अमेरिकी–इरानी कैदीलाई रिहा गरिएको छ। 

रिहा गरिएकाहरुमा वाशिङ्गटन पोष्टका रिपोर्टर जेसन रजाइयान पनि संलग्न छन् । यता अमेरिकाले सात इरानीलाई रिहा गर्ने बताइएको छ । 

नयाँ प्रतिबन्ध अक्टोबरमा इरानले राष्ट्रसंघीय प्रतिबन्ध उल्लंघन गर्दै परमाणु क्षमतासहितको ब्यालेस्टिक मिसाइल परीक्षणपछि लगाइएको हो । एजेन्सी

, ,

प्रतिकृया दिनुहोस्

Loading...