अवैध रुपमा पेट्रोलियम पदार्थ बिक्री बितरण गर्ने पक्राउ
काठमाडौँ, ३ माघ ।
अवैध रुपमा पेट्रोलियम पदार्थ बिक्री बितरण गर्ने काठमाडौँ महानगरपालिका–३२ घट्टेकुलो बस्ने ३० बर्षीय पुष्प श्रेष्ठ र बागवजार बस्ने सल्यान लेखापोखरी– १ पाखापानी घर भएका २८ बर्षीय मोहलाल खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त सिहदरवारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार घट्टेकेुलोमा अवैध रुपमा विक्री वितरण गरीरहेको पेट्रोल ,डिजेल र मट्टितेल सहित पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...