एमाले संसदीय दलको बैठक बस्दै, ओलीप्रति प्रश्न उठाउने तयारीमा सांसद
काठमाडौ, ४ माघ ।
सरकार र पार्टी सञ्चालनमा देखिएको अप्ठ्यारोका विषयमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकार सञ्चालन, पछिल्लो राजनीतिक घटनाक्रम, मधेसी मोर्चाले उठाएका ११ बुँदे माग लगायत विषयमा छलफल हुने एमाले पोलिटब्युरो सदस्य एवम् सांसद प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
बैठकमा सरकार सञ्चालनबारे प्रगति, सरकारका कमी कमजोरी लगायत विषयमा सांसदहरुले आआफ्नो सुझाव राख्ने ज्वालाले बताउनुभयो।
बैठकमा केही सांसदहरुले भने भारतीय नाकाबन्दीपछि मौलाएको कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाउने तयारी गरेका छन्।
प्रतिकृया दिनुहोस्
Loading...