खुकुरी प्रहारबाट मृत्यु, ३७ जना पक्राउ
तनहुँ, ३ माघ ।
गए राति व्यासनगरपालिका वडा नं २ स्थित मालपोत लाइनमा युवाबीच भएको झडपमा परी एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ३७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
मृत्यु हुनेमा व्यासनगरपालिका – २ निवासी दिनेश थापा रहेको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा साँझ ९ बजे दमौली अस्पतालमा मृत्यु भएको हो ।
उक्त घटनामा परी व्यासनगरपालिका – १० निवासी १७ वर्षीय रेगन थापा र१६ वर्षीय अरुण आले घाइते भएका छन् ।
उनीहरुको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...