मोदीले सार्वजनिक गरे ‘नेताजी’का बारेमा गोप्य कागजात


नयाँदिल्ली १० माघ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शनिबार भारतीय स्वतन्त्रता सेनानी सुवासचन्द्र बोसको जीवनसँग सम्बन्धित एकसयवटा गोप्य कागजात सार्वजनिक गरेका छन् ।

‘नेताजी’को उपनामद्वारा सम्बोधन गरिने भारतीय स्वतन्त्रता सङ्ग्रामका अग्रणी व्यक्तित्व बोस सन् १९४५, अगष्ट १८ पछि रहस्यपूर्ण तरिकाले बेपत्ता हुनुभएको थियो ।

उनको मृत्यु भएको थियो वा कसरी बेपत्ता भए भन्नेमा फरकफरक धारणा आउने गरेका छन् ।
नेताजीको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्रीद्वारा उनको सम्झनामा उच्च सम्मान व्यक्त गर्दै उनको जीवनको अन्तिम तथा रहस्यपूर्ण ‘बेपत्ता’ बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ उक्त घटनासँग सम्बन्धित एकसय दस्तावेज सार्वजनिक गरेको बताइएको छ ।

प्रधानमन्त्री मोदीले नेताजीलाई सम्झना गर्दैै शनिबार ट्विट गर्दै भन्नुभएको छ – “नेताजीको बहादुरी र राष्ट्रप्रेमले उनलाई भारतीयहरुले आगामी पुस्तौँ पुस्तासम्म पनि सम्झना गर्नेछन् भएंका छन ।

नेताजी सुवासचन्द्र बोसको जन्मोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा प्रम मोदीले नेताजीको जीवन सन्दर्भमा रहेका गोपनीय एकसय दस्तावेज शनिबारदेखि सार्वजनिक भएका बताए ।

यसबाट भारतीयले नेताजीका बारेमा बुझ्न थप मद्दत पुग्ने उनले बताए । उक्त अवसरमा नेताजीलाई सम्मान गर्दै भारतीय गृहमन्त्री राजनाथ सिंहले बोस भारतीय स्वतन्त्रता सङ्ग्रामका एक महान् नायक थिए भनेका छन्। पिटिआई

प्रतिकृया दिनुहोस्

Loading...