४ बर्षदेखी खुल्ला आकाशमा बस्दै आएकी भद्र कुमारीलाई सहयोग

प्रकाश पाक्साँवा, तेह्रथुम ३ माघ ।

असोजमा गएको भुकम्पले घर भत्काए सँगै खुल्ला आकाशमा रात बिताउँर्द आएकी तेह्रथुम हमरजुङकी भद्र
कुमारी तोलाङीलाई प्रबाशबाट सहयोग हुने भएको छ ।

एक हप्ता अघि मात्र जिल्लाको हमरजुङ गाबिसको वर्डा नं ४ बस्ने ६२ बर्षिया भद्र कुमारी तोलाङीको बारेमा समाचार बिभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भए सँगै झापा सतासि ८ दोमुखाका डिल्लीराम जोगीको छोरी हाल कोरियामा कार्यरत अस्मिताले सहयोग गर्नु भएको छ ।

समाचार पढेपछी पिडित तोलाङीलाई केही राहात पुगोस र जाडोमा कपडा किनेर पिडितले लगाउन भनेर १० हजार रुपैयाँ सहयोग गरेको अस्मिताले बताउनु भयो ।

तोलाङीको बारेमा ४ बर्ष देखी बाख्रा खोरमा रात बिताउँदै आएकी एक दलित महिला दुई हप्ता देखी थला परेपछि बिचल्लीमा परेको समाचार बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भएको थियो ।

भुकम्पले घर क्षति भएपछि आफ्ना आफ्न केही नभएका अबिबाहित तोलाङीले आर्थीक कम्जोरी कारण खुल्ला आकाश र बाख्राको जिबन बिताउनू पर्ने बाध्यता रहेको थियो तोलाङीको बारेमा समाचार आए पछि मानबिय सहयोगका लागी प्रबास नेपालमा रहेका ब्यात्तीहरुले सहयोग गर्ने कुरा आए पछि अहिले बास बस्ने झुपडी निमार्णका लागी ।

सहयोग पाए सँगै तोलाङलीले आफ्नो पिडालाई बुझेर सहयोग गर्नु हुने सहयोगी मनलाई सदा दिई खान पुगोस र कहिल्यै पिडा नहोस भन्नु हुँदै पाएको रकमले कपडा किनेर लगाउने उहाँले बताउनु भयो ।

,

प्रतिकृया दिनुहोस्

Loading...