एसएलसी नमूना परीक्षा सुरु

काठमाडौ, ४ माघ । 

सरकारले एसएलसीमा यस वर्षदेखि लागू गरेको अक्षराङ्कन प्रणाली बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिन नमूना परीक्षा सुरु भएको छ ।

हिजोदेखि सबै विद्यालयमा नमुना प्रवेशिका परीक्षा सुरु गरिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुर अन्तर्गत रहेका विद्यालयबाट आगामी चैत १८ गतेदेखि सुरु हुने परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नमुना परीक्षा सञ्चालन गरिएको प्याब्सन भक्तपुरका उपाध्यक्ष श्रीकृष्ण केसीले जानकारी दिनुभयो ।

लेटर ग्रेडिङ सिस्टमका बारेमा विद्यार्थी तथा अभिभावक अझै पनि अलमलमा रहेकाले त्यस्तो अलमललाई हटाएर सहयोग पुराउने उद्देश्यले जिल्लामा १० परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

,

प्रतिकृया दिनुहोस्

Loading...