रंगेली घटनाको विरोधमा लिम्बुवानले गर्‍यो पुर्बका ९ जिल्ला बन्द

सुनसरी, १० माघ ।

मोरङको रंगेली घटनाको विरोध गर्दे लिम्बुवान संयुक्त संघर्ष समितिले आज(आइतबार) पूर्वका नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ ।

यातायात बन्दको कारण मोरङ, सुनसरी, झापा, इलाम, पाँंचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लाको जनजीवन प्रभावित बनेका छन् । यातायातबन्द हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । 

संघिय लिम्बवान पार्टी नेपाल सहितको विभिन्न ४ पाटी सम्मिलित लिम्बुवान संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै निर्दोष जनतालाई गोली हानी हत्या गर्नु राज्य आतंकको चरम रुप भएको भन्दै घटना प्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...