एम्बुलेन्सको ठक्करवाट एक वाललको मृत्यु

दाङ, ४ माघ

दाङमा एम्बुलेन्सको ठक्करवाट एक वाललको मृत्यु भएको छ । तुलसीपुरवाट घोराही आँउदै गरेको रा १ च ५२५ नम्वरको एम्वुलेन्सको ठक्करवाट तुलसीपुर वनकट्टा निवासी १३ वर्षीय सन्तराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गएराति सवा १० बजे तुलसीपुरवाट डेलिभरीको लागि महिला वोकेर घोराही तर्फ जाँदै गरेको एम्वुलेन्सले तुलसीपुर १५ पर्सेनीमा चौधरीलाई ठक्कर दिएको हो ।

माघीको नाचको अवसरमा वालक अभिभावकसंग पर्सेनी गएको समयमा उक्त एम्वुलेन्सले ठक्कर दिएको प्रहरीले वताएको छ । ठक्कर दिने एम्वुलेन्स र चालक प्रहरीले नियन्त्रणमा रहेका छन ।

,

प्रतिकृया दिनुहोस्

Loading...