स्टोक सिटीलाई हराएपछि लेष्टर सिटी शीर्ष स्थानमा
काठमाडौं, १० माघ ।
स्टोक सिटीलाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार
राती भएको खेलमा लेष्टर सिटीले स्टोक सिटीलाई ३-० ले हरायो ।
जितसँगै लेष्टर सिटीले तालिकाको शिर्ष स्थानमा रहेको आर्सनललाई उछिनेको छ । लेष्टर सिटीको २३ खेलबाट ४७ अंक छ भने एक खेल कम खेलेकोआर्सनलको ४४ अंक छ ।
प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा साउथह्याम्पटनले म्यान्चेस्टर युनाईटेडलाई १-० ले हराउँदा वेष्टह्याम युनाईटेड र म्यान्चेस्टर सिटीले २-२ गोलको बराबरी खेलेका छन् ।
यसैगरी लिभरपुलले नर्वीच सिटीलाई ५-४ ले पराजित गर्दा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई ३-१ ले पाखा लगायो ।
सण्डरल्याण्ड र बर्नमाउथले १-१ गोलको बराबरी खेल्दा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २-१ ले पराजित गर्यो ।
यसैगरी वेष्ट ब्रोम र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् । इङ्गलिस प्रिमियर लिग फुटबलमा आइतबार राती दुई खेल हँदै छन् । आज एभर्टन र स्वान्सी सिटी भिड्दा आर्सनलले चेल्सीको सामना गर्नेछ ।
प्रतिकृया दिनुहोस्
Loading...