ट्रयाक्टर दुर्घटनामा परि चालकको मृत्यु

सिरहा, ९ फागुन ।

सिरहाको सिलोर्वामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ । थप एक जना घाइते भएका छन् ।

सिलोर्वा पछुवारी–३ मा स १ त २७६७ नम्बरको ट्रयाक्टर अनियन्त्रितभई पल्टिँदा चालक रामपुरविर्ताका २८ वर्षका सत्यनारायण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको हो ।

सहचालक लक्ष्मी सहनी घाइते भएका छन् । उनकोे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका मण्डलको सव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...