अवैध कारोबारको आरोपमा चिनियाँ बैंकका ६ जना अधिकारी स्पेनमा पक्राउ
करोडौँ युरो बराबरको सम्पत्तिको अवैध कारोबार गरेको आरोपमा चिनियाँ एक प्रभावशाली बैंक आईसीबीसीका ६ जना कर्मचारीे स्पेनमा पक्राउ परेका छन ।
पक्राउमध्ये तीन जनालाई एक लाख युरो धरौटी बुझाएमा रिहा गर्न सकिने स्पेनले बताएको छ ।
बाँकी अन्यलाई अनुसन्धानका लागि केही समय थुनामा राख्न म्याड्रिड पुनरावेदन अदालतले अनुमति दिएको छ ।
करिब चार करोड युरोको अवैध कारोबार गरेको शङ्कामा उनीहरुलाई बुधबार आईसीबीसीको म्याड्रिडस्थित शाखाबाट पक्राउ गरेका र शुक्रबादेखि अनुसन्धान सुरु गरिएको बीबीसीले जनाएको छ ।
चीनको उद्योग तथा वाणिज्य बैंकका कर्मचारीमाथि उक्त रकम तस्करी र राजस्व छली कारोबार गर्न खोजेको आरोप लगाइएको स्पेनी प्रहरीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...