भारतसँगको सम्बन्धमा सुधार : प्रधानमन्त्री ओली
नयाँदिल्ली, ९ फागुन ।
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्यअनुरुप दुई देशबीचको सम्बन्ध सुधार भएको बताएका छन ।
प्रधानमन्त्री ओलीले गएराति भ्रमण दलका सदस्यहरुसँग आफ्ना भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र भारतबीच केही समययता देखिएको चिसोपना हटेको र आपसी मित्रता अभिवृद्धि भएको तथा संविधानबारे देखिएको भ्रम अन्त्य भएको उल्लेख गरे ।
प्रधानमन्त्रीले भारतसँग भएका सम्झौता नेपालको हितमा रहेको जनाउँदै भारतसँगको राजनीतिक सम्बन्ध पुनः स्थापित भएको उल्लेख गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भ्रमणको मुख्य उद्देश्य राजनीतिक सम्बन्ध सुधारमा केन्द्रित रहेकाले भ्रमण त्यस अर्थमा सफल रहेको दाबी गरे ।
प्रतिकृया दिनुहोस्
Loading...