अखिल क्रान्तिकारीद्धारा प्रिमिएर स्कुल तोडफोड
दिया चन्द, काठमाडौं ९ असार ।
बिप्लव माओवादी निकटको अखिल (क्रान्तिकारी)ले ललितपुरको सातदोबाटोमा रहेको प्रिमिएर स्कुलमा तोडफोड गरेको छ ।
अनियमितताकोको आरोप लगाउदै नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले उक्त स्कुलको बसमाथि समेत तोडफोड गरेको बताइएको छ ।
अनुमति बिना ९ कक्षा संचालन गरेको , ३५ प्रतिशत शुल्क वृद्धि गरेको , विद्यार्थीहरुलाई दिनुपर्ने छात्रा वृद्धि नदिएको , विद्यार्थीहरुको पोसाक समेत विद्यालयबाट बिक्रि गर्ने गरेकोले जनकारवाहीको चेतावनी स्वरुप सामान्य तोडफोड गरेको क्रान्तिकारीले जनाएको छ ।
क्रान्तिकारीले पटक-पटक शुल्क वृद्धिलगायतको बिषयमा स्कुल प्रशासनलाई जानकारी गराउदा समेत अटेरी गरेकोले बाध्य भएर यो कदम चाल्नु परेको अखिल क्रान्तिकारी उपत्यका समितिले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...