देशभर बर्षा जनजीवन प्रभावित, सुनसरीमा २ कैलालीमा १ को मृत्यु
काठमाडौ, ८ असार ।
मनसुन सक्रिय भएपछि देशभर वर्षा भएको छ । बर्षाका कारण पूर्वी नेपालका तराई क्षेत्र डुवानमा परेको छ ।
आज पश्चिम नेपालमा भिषण बर्षा हुने जल तथा मौसम पूर्वामानुमान शाखाले जनाएको छ ।
आज पश्चिम नेपालमा भिषण बर्षा हुने जल तथा मौसम पूर्वामानुमान शाखाले जनाएको छ ।
पूर्वी नेपालमा बाढीका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको छ ।
विराटनगर, इटहरी, भद्रपुरलगायतका पूर्वी तराईका मुख्य सहर जलमग्न भएका छन । झापा, मोरङ, सुनसरी र धनकुटा पनि वर्षाबाट प्रभावित छन् । विराटनगरका पनि अधिकांश भाग जलमग्न भएका छन् ।
कोसी राजमार्गको बिजुली अफिसचोक नजिकै पानी जमेपछि यातायातका साधन आउनजान समस्या भएको छ।
रानी क्षेत्र पनि जलमग्न भएको छ । पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।
मध्यपश्चिमको बबईमा पनि पानीको सतह खतराको संकेतसम्म आइपुगेको छ । वर्षाले सुदूरपश्चिम पनि प्रभावित भएको छ । कैलालीमा एकजनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...