कालो धनलाई सेतो बनाउन सेयरको कारोबार

काठमाडौँ ९ असार । 
जानकारहरूका अनुसार कर छलिएको वा आपराधिक क्रियाकलापबाट आर्जित कालो धनलाई वैध बनाउन सेयरबजारको प्रयोग बढ्न थालेको छ। 
खासगरी नाकाबन्दीको वेला कालोबजारीबाट कमाएको सम्पत्तिको ठूलो अंश सेयरबजारमार्फत शुद्धीकरण गर्ने गरिएको छ । 
लगानीकर्ताले लाखौा रुपैयाँ नगद दिई ब्रोकरमार्फत सेयर किनेर कालो धनलाई सेतो बनाउने काम भइरहेको ब्रोकरहरू नै बताउँछन्, आजको नयाँ पत्रिकामा खबर छापिएको छ।
सेयरबजार लगातार उकालो लाग्न थालेपछि सरकारी कर्मचारी मात्र होइन, संस्थान, वित्तीय संस्था र सुरक्षा निकायका कर्मचारीको लगानी पनि सेयरबजारमा ह्वात्तै बढेको छ । उनीहरुले कतिपय अवस्थामा सेयर बजारलाई मेनुपुलेट गर्ने गरेको आरोप नै लाग्ने गर्छ।

,

प्रतिकृया दिनुहोस्

Loading...