जन आन्दोलनको एजेण्डा हिन्दु राज्य हटाउने हैन : खिलराज रेग्मी
काठमाडौँ ९ असार ।
अन्तरिम मन्दिपरिषदका पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले २०६२÷०६३ को आन्दोलनको भावना र एजेन्डाविपरीत नयाँ संविधान बनेका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएका छन्।
धर्मलगायतका विषयमा आन्दोलनको एजेन्डा नै नभए पनि अन्तरिम संविधान र नयाँ संविधानमा बेग्लै ढंगले सम्बोधन गरिँदा झन् समस्या पैदा भएको रेग्मीको जिकिर थियो।
नेपाली मुक्ति मोर्चा र बीपी चिन्तन प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘संविधान कार्यान्वयन चुनौती र समाधानका उपाय’ विषयक अन्तरसंवादमा उनले भने, ‘२०६२÷०६३ को आन्दोलनको भावना र एजेन्डालाई मात्र सम्बोधन गर्ने गरी अन्तरिम संविधान निर्माण गरेको भए र अन्तरिम संविधानलाई नै आधार मानेर वर्तमान संविधान जारी गरेको भए संघीयताको विषयबाहेक अन्त विषयमा विवाद उठ्ने नैैतिक आधार कसैलाई पनि हुँदैनथ्यो।’ अन्नपूर्ण पोष्टमा समाचार छ।
धर्मको विषयमा २०६२÷०६३ सालको आन्दोलनको खास एजेन्डा नभएको दाबी गर्दै रेग्मीले भने, ‘तर त्यसलाई अन्तरिम संविधानमा बेग्लै ढंगले सम्बोधन गरियो। जसका कारण वर्तमान संविधान झन् अलमलिएको छ।’ अन्नपूर्ण पोष्टमा समाचार छ।
प्रतिकृया दिनुहोस्
Loading...