प्रचण्ड प्रधानमन्त्री नबन्दै भारतमा तयार भयो बधाई पत्र

काठमाडौँ  ११ साउन । 

केपी ओलीले सरकारबाट राजीनामा दिँदा भारतमा खुसीयाली छाएको समाचार आइरहेका बेला अर्को विषय बाहिर आएको छ ।

भारतीय चर्चित मिडिया हिन्दुस्तान टाइम्सका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारका लागि सहयोग गर्न भारत सरकारका अच्च अधिकारिसँग आग्रह गरेका छन् । 

समाचारमा भनिएको छ, ‘नयाँ सरकार, विकास कार्य, मधेस समस्या समाधान र भारतसँगको सम्बन्ध सुधारका लागि प्रचण्डले भारतीय उच्च सरकारी अधिकारिसँग सहयोग मागेका छन् ।’  

त्यसका लागि भारत तयार रहेको र प्रधानमन्त्री बन्नुपूर्व नै प्रचण्डका लागि बधाई सन्देश तयार भएको समाचारमा उल्लेख छ । 

अर्को हप्ता प्रचण्ड प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिने तयारी भएको समेत हिन्दुस्तान टाइम्सले लेखेको छ । 

भारतीय सरकारको तर्फबाट आधिकारिक रुपमा कुरा गर्दै प्रचण्डलाई यो सुनौलो र अन्तिम अबसर भएकाले आपसी सम्बन्ध सुधारमा उनको भूमिका कस्तो हुने भन्नेबारे दिल्लीले नियाल्ने बताइएको समेत समाचारमा उल्लेख छ ।

 प्रचण्ड र भारतीय अधिकारिबीच गहिरो सम्बन्ध स्थापित गर्नमा कांग्रेस नेता अमरेश सिंहले पुलको भूमिका खेलेको समाचारमा लेखिएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...