‘बोद्धिचित्त किसानमाथिकाे गुण्डाराज अन्त्य गछौं’
पीडितले गत वर्षकै डेढ करोड पाएनन्
नेकपा माओवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयम् सेवकले स्थानीय गुण्डाहरुले ज्यादातिबाट विस्थापित काभ्रेका बोद्धिचित्त किसानहरुको पुनस्थापना कार्यक्रम अगाडि बढाएको बताएको छ ।
पत्रकार सम्मेलनमा ब्यूरो कार्यालयका जन्जिरले विस्थापित किसानहरुको सुरक्षा र पुनस्थपनाको जिम्मा सरकारले तत्काल गनुपर्ने बताए ।
‘यदि विस्थापितहरुलाई पुनस्थापित गरिँदैन, गल्तीको स्वीकार गरिँदैन, यहाँका किसानहरुलाई उचित मुल्य दिँइदैन, सुरक्षाको प्रत्याभुति गरिँदैन र प्रशासनले उल्टै जनतामाथि दमन गर्ने अनि गुन्डाहरुको सहायतामा स्थानीय जनतामाझ अराजकता र गुण्डाराज मच्चाउने मुर्खता गरियो भने हामी नयाँ ढंगले प्रतिरोध संघर्षमा जान बाध्य हुनेछौं’ जन्जिरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
गत असार ५ गते काभ्रे सिपाली–७ का बोद्धिचित्त किसान तिलक लामासहित दुई घर परिवारलाई स्थानीय गुण्डाहरुले ज्यान मार्ने धम्की दिएपछि विस्थापित भएका छन् ।
गुण्डाहरुको समूहले घरमा रहेको आठ लाख रुपैयाँ नगद लुटनुका साथै बोद्धिचित्तको रुख काटेको विष्णुमायाले बताइन् । अघिल्लो वर्षको एक करोड ५० लाखरुपैयाँ आफूले नपाएको बताइन् । उल्टै यो वर्ष पनि गुण्डाहरु मिलेर खान खोजेको उनको भनाई छ ।
त्यस्तै अर्का पीडित निरबहादुर तामाङका बुबा, आमामाथि पनि गुण्डाहरुले आक्रमण गरी ज्यान मार्ने धम्की दिएपछि विस्थापित भएका छन् । निरबहादुरका परिवारलाई गुण्डाहरुले अघिल्लो वर्ष बिक्री गरिएको एक करोड ५० लाख नदिएको पत्रकार सम्मेलनमा उनले बताए ।
निरबहादुर बुबा बिरबहादुर तामाङले आफ्नो बारीको बोद्धिचित्त गुण्डाहरुको डर, धम्की र खटनका कारण आफूले स्वतन्त्रपूर्वक बेच्न नपाएको भन्दै आफ्नो मालको सुरक्षाको लागि नेकपा माओवादीसँग आग्रह गरेको बताए । प्रहरीले समेत आफूहरुको कुरा नसुनेको गुनासा बिरबहादुरले गरे ।
राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सचिव केशब पौडेलले किसानले आफ्नो बारीमा लगाएको वस्तुको उपभोग आफैंले गर्नु पाउनुपर्ने बताए ।
मंगलबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा संगठनको पूर्वी ताम्सालिङ ब्यूरोले गुण्डापीडित बोद्धिचित्त किसानहरुको उपस्थितिमा एक पत्रकार सम्मेलन आयोजना सो कुरा बताएको हो ।
स्थानीय व्यापारीको गलत रवैया र गुण्डाहरुद्वारा किसानहरुको उठिवास लगाएको भन्दै उनीहरुको सुरक्षाको जिम्मा सरकारले नलिए संगठन अगाडि बढ्न बाध्य हुने उनले बताए । ‘बोद्धिचित्त किसानमाथिको गुण्डाराजको अन्त्य गरेरै छाड्छौं’ जन्जिरले भने ।
पत्रकार सम्मेलनमा उपस्थित पीडित विष्णुमाया लामाले वाङ लामाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताइन् । ‘तीस पैंतिस जनाको समूहले मेरो कन्चटमा पेस्तोल राखेर मार्न खोजे । १५ वर्षीया छोरी र ११ वर्षीया भान्जीसहित तीन दिनसम्म जंगल बसेँ, त्यसपछि आफन्तको सहयोगमा काठमाडौं आएँ’ उनले भनिन्।

अघिल्लो वर्ष गुण्डाहरुले निरबहादुरलाई अपहरण गरी जबर्जस्त रुपमा ८० लाख रुपैयाँ लिएको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । परिवारमाथि अन्याय गर्दा समेत स्थानीय प्रशासनले बेवास्ता गरेको उनीहरुको आरोप छ ।
यो वर्ष पनि तिनै गुण्डा समूहले बोद्धिचित्त पैसा नदिई जबर्जस्त कब्जा गर्न खोजेपछि निरबहादुर परिवारलाई ज्यान लिने धम्की दिन नछाडेपछि उनीहरुले छाडेका हुन् ।
‘पोहोर साल मेरो छोरा निरबहादुरलाई गुण्डाहरुले अपहरण गरेर ज्यादै कम मूल्यमा दिएको कागजमा हस्ताक्षर गर्न लगाए’ पत्रकार सम्मेलन निरबहादुरकी आमा ठकुरानी तामाङले भनिन् ‘नलिएको ८० लाख रुपैयाँ लिएको भनी औंठाछाप गर्न लगाए ।’
‘जनताको ज्यान र सम्पत्तिको सुरक्षा राज्यले गर्नुपर्छ । यो कुरा तिमाल क्षेत्रमा भएको छैन’ पौडेलले अगाडि भने ‘कि त सरकारले तिमाल क्षेत्रका बोद्धिचित्त किसानमाथि भइरहेको गुण्डाराजको अन्त्य गर्नुपर्छ । यदि सरकारले गरेन भने हामी सुरक्षाका लागि त्यो क्षेत्रमा जान बाध्य हुनेछौं ।’
प्रतिकृया दिनुहोस्
Loading...