बाढी, पहिरोमा परी प्युठानमा मृत्यु हुनेको संख्या ३४ पुग्यो
प्यूठान १२ साउन।
प्यूठानमा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । ६ जना अझै वेपत्ता छन् । सबैभन्दा धेरै फोप्ली गाविसमा २४ जनाको मृत्यु भएको छ ।
बुधवार विहान गएको पहिरोमा पुरिएर फोप्ली ६ सिममा ७ जनाको मृत्यु भएको छ । हरिबहादुर केसी र उनकी श्रीमती विन्दु, द्रोणबहादुर केसी र उनकी श्रीमती पवित्रा, जागेश्वर बुढाथोकी र उनकी श्रीमती पिमा र नारायण केसीको मृत्यु भएको छ ।
घटनास्थलबाट नानुमैया केसी र भिमसेन पुनलाई सकुशल उद्धार गरिएको छ । नानुमैयाको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनलाइनखबरसँग भने, ‘बुधबार साँझ सात बजेसम्म प्राप्त विवरणअनुसार मृतकको संख्या ३४ पुगेको छ। खोज तथा उद्धार जारी छ ।’
अर्खा गाविस ३ मा वेपत्ता भएका एकै परिवारका तीन जनाको दुई दिन पछि शव फेला परेको छ । देवबहादुर बुढा, उनका छोरा हिमाल र छोरी जमुनाको शव फेला परेको हो ।
दुई दिन गरी फोप्ली गाविसमा मात्र २४ जनाको मृत्यु भैसकेको छ । झिमरुक खोलाले बगाएको शव पनि फोप्लीबासीकै रहेको खुलेको छ ।
ज्यान गुमाउनेहरुमा कुमारी पुन, चेतीमा पुन, नन्दी पुन, मने पुन, प्रकृति पुन, सागर पुन, सेमली पुन, नोखी बैजाली, छमी पुन, धने पुन, मनीराम पुन, तेजे पुन, खोप्ली पुन, सेतनु पुन, सेरे पुन, ८ महिना र ११ महिनाकी दुई बालिका रहेको कांग्रेस प्यूठानका कोषाध्यक्ष एवं स्थानीयबासी धनेश्वर भण्डारीले जानकारी दिए ।
लुङ ६ सिमलबुटामा घर पहिरोमा भासिँदा शिवबहादुर सुनार, पुँजा १ मा रजवारा ३ का सुपारी मल्ल, मुकेश मल्ल, खवाङ ३ मा सिवरे विक, दिपक विक र खवाङ ७ का दिलमाया केसीको ज्यान गएको छ ।
माझकोटकी काली पुनको जुम्री खोलाले बगाएर मृत्यु भएको छ ।
पहिरोले घर भत्किँदा पुरिएका लुङ ६ की शोभा रिजाल, किरण थापा र काली परियारको अवस्था अज्ञात छ । यसैगरी फोप्लीका लिला पुन र भुपे घर्ती तथा खवाङका दोमन्ती विकको अवस्था पनि थाहा हुन सकेको छैन ।
श्रोत अनलाइन खबर
प्रतिकृया दिनुहोस्
Loading...