आफ्नै जग्गा उपयोग गर्न २ करोड ३७ लाख खर्च गर्नुपर्ने !

लमजुङ १४ साउन । 

नेपाल विद्युत प्राधिकरणले लमजुङको उदिपुरमा रहेको आफ्नै स्वामित्वको जग्गा भोगचलन गर्न २ करोड ३७ लाख बजेट खर्च गर्नुपर्ने भएको छ ।

२२० केभीको मर्स्याङदी करिडोर सवस्टेसन बनाउन आफ्नै नाममा रहेको जग्गा सेनाबाट फिर्ता पाउन यो रकम खर्च गर्नुपरेको हो । 

प्राधिकरण सञ्चालक समितिको बैठकले यो रकम खर्चने निर्णय गरिसकेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

७० मेगावाटको मस्र्याङदी जलविद्युत आयोजना निर्माणका लागि खरिदन गरेको जग्गामा नेपाली सेनाले खेलकुद मैदान बनाएको छ । 

सोही जग्गा सवस्टेसनका लागि आवश्यक परेपछि सवकल्पमा अर्कै स्थानमा खेल मैदान बनाइदिन २ करोड ३७ लाख बजेट छुट्याइएकेा हो ।

प्राधिकरणको बुधबार बसेको ७ सय ३४ औं बैठकले अर्को खेलकुद मैदानका लागि उर्जा मन्त्रालयमार्फत रक्षा मन्त्रालयलाई आवहृश्यक २ करोड ३७ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...