बच्चा सुताउन गाह्रो छ ? यी टिप्सहरु अपनाउनुस्

बच्चा समयमा नसुत्नाले आमाबाबुलाई समेत असर गर्दछ । प्राय बालबालिकाहरुमा कम समय सुत्ने र बढी बिउजिने एक अध्ययनले जनाएको छ ।
विभिन्न खोज अनुसन्धानले बच्चाको निद्रामा के कारणले असर पार्छ भन्ने यकिन निष्कर्ष अझै निकाल्न सकेका छैनन् । आज हामी यहाँ बालबालिकालाई सुताउनको लागि सहयोग गर्ने केहि टिप्सहरुको बारेमा चर्चा गर्दछौँ जसको सहयोगले आमाहरुलाई केहि सहजता प्रदान गर्दछ ।
शारीरिक गतिविधिमा ध्यान दिनुहोस् 
अधिकांश समय विद्यालयमा विताएपछि पनि बालबालिकाहरु घरमा आएर खेल्न मन पराउछन् । दिनभर नै हुने शारीरिक गतिविधिले बालबालिकालाई राम्रोसँग सुत्न सहयोग पुर्‍याउने एक अध्ययनले देखाएको छ ।
बालबालिकाको ओछ्यानमा ल्यापटप,ट्यावलेट,स्मार्टफोन नराख्ने 
ल्यापटप,ट्यावलेट,स्मार्टफोनबाट निस्कने निलो उज्यालोले निद्रालाई प्रभाव पार्ने गर्दछ । बालबालिकालाई सुत्नको लागि शान्त वातारणको प्रवन्ध गुर्नपर्छ । बालबालिकालाई शान्त पार्न सानै उमेरदेखि ध्यान अगायतका आध्यात्मिक ज्ञान दिने गर्नुपर्दछ ।
हिंसात्मक द्धन्द्धबाट टाढा राख्ने 
८ वर्ष मुनिको बालबालिकालाई हिंसात्मक द्धन्द्धबाट टाढै राख्नुपर्छ । टेलिभिजन,भिडियो,भिडियो गेम र चलचित्रमा देखाइने हिंसात्मक द्धन्द्धले उनीहरुको निद्रामा प्रभाव पार्ने अध्ययनले जनाएको छ ।
सुत्ने कोठमा टेलिभिजन नराख्ने 
बारम्बार टेलिभिजन हेर्ने बालबालिका राम्रोसँग सुत्न नसक्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसकारण सुत्ने कोठामा सकभर टेलिभिजन राख्नुहँदैन । र सुत्न जानुअघि पनि टिभी हेर्न नदिने गर्नुपर्दछ । टेलिभिजनमा देखाउने हत्या हिंसाका समाचार र घटनाले उनीहरुको कोमल दिमागमा प्रभाव पार्ने गर्दछ ।
उपकरणमा ध्यान दिने 
विभिन्न उपकरणहरुको भाइब्रेसन र आवाजले बालबालिकाको निन्द्रामा असर गर्दछ । त्यसैले मोवाईलमा कुरा गर्दा पनि बालबालिका सुतिरहेको स्थानमा कुरा नगर्नुहोस् । मोवाइलमा कुरा गरेको आवाजले उनीहरुको निन्द्रामा असर गर्दछ । मोवाईल सकभर साइलेन्समै राख्नु उचित हुन्छ । एजेन्सीको सहयोगमा

, ,

प्रतिकृया दिनुहोस्

Loading...