प्रचण्ड कमरेड तपाई बाचेर बर्ग मुक्तिको सपना मरेकोमा पिडा छ !
बिबश कुमार सेजुवाल ।
कमरेड प्रचण्ड
तपाईंको पुरानो सुरक्षागार्डको तर्फबाट रातो सलाम
:- म २०५७ सालको मध्यतिर बिध्यार्थी संगठनमा संगठित भएर २०५८ सालको सुरुवातमै आफ्नो भौतिक जीवनलाई खुकुरीको राजमार्गमा सजिलैसँग हिडाउदा एउटा सपनाको खोजिमा म आफुले आफैलाइ खुला आकाशमा कुदाएको थिए ।
:- मैले जब वर्गसंघर्षको बाटो रोजे अनि मेरो आमा र दाइ मलाई त्यो असाध्यै कठिन यात्राको मुखबाट फर्काउन धेरै कोसिस गर्नुभएको थियो तर मेरो मनले मान्दै मानेन किन कि म सँग मेरो बर्ग मुक्तिको सपना थियो अनि नेपाल आमाको ठूलो भरोसा थियो ।
:- २०६१ साल सम्म आउदा मलाइ सधै एउटा सपनाले पिरोली रहेको थियो त्यो बिचमा म घाइते बाघ जस्तै जङ्गिएको थिए किन कि युद्ध को नसाले मलाई लठ्ठै पारेको थियो ।
:- त्यो समय र त्यो कालमा मैले मृत्यु बाट त जितिसकेको थिए । मेरो बाचेको र बाकी रहेको नाफाको जीवन को कुनै महत्त्व राखेको थिएन ।
;- हिजो प्रचण्ड पथ जिन्दावादको नारा लगाउने मेरो यो पुस्ता किन आज खाडिको मरुभूमि बालुवा माथी देखि काठमाडौको सडकको गल्ली सम्म पुस्पकमल दाहाल ( प्रचण्ड ) मुर्दाबादको नारा घन्काइरहेका छन । के यसको जवाफ प्रचण्डको आसे पासेसँग छ ?
:- क. प्रचण्ड
सायद तपाइलाई त्यति हेक्का नहोला तपाई लाई देख्ने इच्छा हुँदा हुँदै पनि कयौ मेरो सहयोद्दाले मृत्युको अन्तिम प्रहरमा मेरो यो पुस्ताले भनेका शब्दहरु यस्ता हुथ्ये !
१. प्रतिक्रियावादी संसदीय ब्याबस्था-मुर्दाबाद
२. जनगणतन्त्र नेपाल -जिन्दावाद
३. प्रचण्ड पथ- जिन्दावाद
:- यो कुरुप संसदीय ब्याबस्थाको विरुद्धमा छेडिएको युद्धमा यहि ब्याबस्था फेर्नको निम्ति रोल्पा रुकुम र कालिकोट जाजरकोटहरु रणमैदानमा फेरिएका थिए यहि ब्याबस्थाको विरुद्ध मा कालिकोट मालकोटकि प्याउकलि बि.कहरु हतियार खोस्न तम्सिए ।
क.प्रचण्ड
:- तपाई ले आफुलाइ आफैले अलौकिक शक्ति को रुपमा परिभाषित गरेर अझै पनि जनयुद्धको बिराशत अगाडि राखी दुनियाँ लाई धम्क्याउन छोड्नु भएको छैन । तपाईं लाई किन आफ्नो इमान र इज्जत को डर छैन हँ ? मानबिय सोभाब हो त्यो ईमान र इज्जतमा दाग लागेमा मान्छे समाज बाट बहिस्कृत भएर बस्न चाहान्छ तर तपाई अझै उल्टो गरिबका सपनाको ब्यापार गरेर आफू साझ हुस्की र बियर का पार्टी दिइरहनु भएको छ ।
:- एउटा ठूलो पीडा छ मलाइ म तपाई जस्तो युद्ध को परिबेश मा कहिले भारत को 5 star होटलमा बसेर त कहिले हजारौ म जस्तै छापामार को सुरक्षामा बसेर युद्धको अनुभुति गरेको होइन म त आफु मर या तर अथवा जिते संसार हारे हत्कडी , मुक्ती या मृत्युको कसम खाएर पहिलो एसाल्टको अग्र भागमा रहि युद्धको इमान्दार सिपहिको भुमिका निर्भाहा गरेको छु । यति मात्र होइन ४८ घण्टा सम्म पानी नखाइ लडेको तिनगिरे मोर्चा को ताजा अनुभूति समालेको सिपाही हुँ ।
:- कति सहयोद्दा त यहि हातले पुरेर आएको छु र अझै पनि मेरो शरीरमा बमका छर्राले छिया छिया भएका घाउ बेला बेला बल्जिरहन्छन आखिर सबै यो तपाइले यहि कुरुप खेलको कागी उपयोग गर्नु भयो हैन ? तपाईं बाचेकोमा र मेरो सहयोदा क.युद्ध क. बारुद,क. मुक्ती, क. बिजय, क.सपनाहरुको मृत्युले अहिले पनि पीडा दिएको छ ।

त्यो सपनाको नयाँ घरलाइ आमाको भरोसाले पुर्णता दिनको निम्ति भए पनि मलाई त्यो बाटो रोज्न कर्तव्यबोध गराएको थियो । र पो म अहिले सम्म प्रचण्ड जिउदो लास भए पनि म यो यात्रामा निरन्तर लागिरहेको छु ।
:- २०६१ साल सम्म आउदा मलाइ सधै एउटा सपनाले पिरोली रहेको थियो त्यो बिचमा म घाइते बाघ जस्तै जङ्गिएको थिए किन कि युद्ध को नसाले मलाई लठ्ठै पारेको थियो ।
मैले कुनै प्रबाह गरेको थिएन ती प्रतिक्रियावादीको बर्बर आततायी दमन र ताता गोलिको । बरु एउटा निश्चल र अबिचलित सपनाले मेरो यात्रालाइ रोक्न मानेको थिएन । बन्दुकको गोलि जस्तै मेरो यात्रा र सपनालाई निश्चित लक्ष्यमा पुर्याउने चाहाना अझै पनि जस्ताको त्यस्तै छ ।
:- त्यो समय र त्यो कालमा मैले मृत्यु बाट त जितिसकेको थिए । मेरो बाचेको र बाकी रहेको नाफाको जीवन को कुनै महत्त्व राखेको थिएन ।
बरु एउटा सपनाबाट हारेको जस्तै भएको थिए त्यो सपना थियो तत्कालीन जनयुद्धको नायकलाई भेट्न नपाउदै भौतिक जीवनबाट विश्राम लिनुपर्ने त होइन ? यस्तै मन भित्रका सपनाले मुटुमा सधै घचघच्याइ रहन्थ्यो ।
त्यो समयको त्यस्तो बहुमुल्य मेरो नायक आज किन यति घृणित पात्रको रुपमा म परिभाषित गर्न बाध्य छु किन उ कायरहरुको जथ्थामा मेरो बर्ग बिरोधी नारा लागाएको देख्छु यो आफैलाइ पनि पत्याउन गारो ठानिरहेको छु ।
;- हिजो प्रचण्ड पथ जिन्दावादको नारा लगाउने मेरो यो पुस्ता किन आज खाडिको मरुभूमि बालुवा माथी देखि काठमाडौको सडकको गल्ली सम्म पुस्पकमल दाहाल ( प्रचण्ड ) मुर्दाबादको नारा घन्काइरहेका छन । के यसको जवाफ प्रचण्डको आसे पासेसँग छ ?
:- क. प्रचण्ड
सायद तपाइलाई त्यति हेक्का नहोला तपाई लाई देख्ने इच्छा हुँदा हुँदै पनि कयौ मेरो सहयोद्दाले मृत्युको अन्तिम प्रहरमा मेरो यो पुस्ताले भनेका शब्दहरु यस्ता हुथ्ये !
१. प्रतिक्रियावादी संसदीय ब्याबस्था-मुर्दाबाद
२. जनगणतन्त्र नेपाल -जिन्दावाद
३. प्रचण्ड पथ- जिन्दावाद
:- यो कुरुप संसदीय ब्याबस्थाको विरुद्धमा छेडिएको युद्धमा यहि ब्याबस्था फेर्नको निम्ति रोल्पा रुकुम र कालिकोट जाजरकोटहरु रणमैदानमा फेरिएका थिए यहि ब्याबस्थाको विरुद्ध मा कालिकोट मालकोटकि प्याउकलि बि.कहरु हतियार खोस्न तम्सिए ।
आज यहि ब्याबस्थाको विरुद्धमा लडे बाबत मेरो यो पुस्ताले अरबको तातो बालुवा माथी बसेर सुनौलो सपना देखिरहेका छन् ।
र यहि ब्याबस्थाको बिरोध गरे बाबत मेरो पुस्ताले फेरि जेल बस्नु पर्ने परिस्थिति सिर्जना हुदैछ । क्षति अचम्म ! परिस्थितिको के दोस तर तपाई आफै घटिया र निज भए पछि आफैले बुनेको आफ्नै सपनाहरु लाई आफै बलात्कार गरेर फेरि अर्को चोटि प्रधानमन्त्री हुने दाउ मा लागि रहनु भएको छ ।
क.प्रचण्ड
:- तपाई ले आफुलाइ आफैले अलौकिक शक्ति को रुपमा परिभाषित गरेर अझै पनि जनयुद्धको बिराशत अगाडि राखी दुनियाँ लाई धम्क्याउन छोड्नु भएको छैन । तपाईं लाई किन आफ्नो इमान र इज्जत को डर छैन हँ ? मानबिय सोभाब हो त्यो ईमान र इज्जतमा दाग लागेमा मान्छे समाज बाट बहिस्कृत भएर बस्न चाहान्छ तर तपाई अझै उल्टो गरिबका सपनाको ब्यापार गरेर आफू साझ हुस्की र बियर का पार्टी दिइरहनु भएको छ ।
गाउँ घर मा एउटा उखान छ इग नभएको छोरा र बिक नभएको सर्प काम लाग्दैन भन्थे बुढा पाकाले सहि रहेछ । आज मलाइ यहि उखानको पात्रको अग्र पंक्ति मा राखेर तपाईं लाई परिभाषित गर्न बाध्य छ मेरो यो पुस्ता ।
:- एउटा ठूलो पीडा छ मलाइ म तपाई जस्तो युद्ध को परिबेश मा कहिले भारत को 5 star होटलमा बसेर त कहिले हजारौ म जस्तै छापामार को सुरक्षामा बसेर युद्धको अनुभुति गरेको होइन म त आफु मर या तर अथवा जिते संसार हारे हत्कडी , मुक्ती या मृत्युको कसम खाएर पहिलो एसाल्टको अग्र भागमा रहि युद्धको इमान्दार सिपहिको भुमिका निर्भाहा गरेको छु । यति मात्र होइन ४८ घण्टा सम्म पानी नखाइ लडेको तिनगिरे मोर्चा को ताजा अनुभूति समालेको सिपाही हुँ ।
:- कति सहयोद्दा त यहि हातले पुरेर आएको छु र अझै पनि मेरो शरीरमा बमका छर्राले छिया छिया भएका घाउ बेला बेला बल्जिरहन्छन आखिर सबै यो तपाइले यहि कुरुप खेलको कागी उपयोग गर्नु भयो हैन ? तपाईं बाचेकोमा र मेरो सहयोदा क.युद्ध क. बारुद,क. मुक्ती, क. बिजय, क.सपनाहरुको मृत्युले अहिले पनि पीडा दिएको छ ।
यहि मेरो सहयोदाको मृत्युको ठाँउमा क. प्रचण्डको मृत्यु भैदिएको भए ती मेरा सहयोदा बाचेका भए कति सुन्दर भाकाले नायकको बलिदानी अनि बिरता र ओजपुर्ण मृत्युको इतिहासले हामिलाइ जीवन भर सकारात्मक शिक्षा हुन्थ्यो होला तर आज ठिक उल्टो भयो प्रचण्ड बाचेर कुरुप इतिहास बन्यो मेरो सहयोद्दाको बलिदानीको बुइ चडी आफ्नो ब्याक्तिगत गुजारा चलाएको प्रचण्ड सहिद भए कति मेरो छाती गर्बले फुल्थ्यो होला जहाँ युद्धमा नायक गुम्यो भनेर अहिले जो बाचेर प्रचण्ड मेरो बलिदानीको इतिहास खुम्चिएको छ । अन्तमा कुनै दिन त सराप्ला नि निर्दोष आत्माहरुको सपना हरुले..
प्रतिकृया दिनुहोस्
Loading...