शान्ति समिति बैतडीमा ९०० उजुरी
बैतडी, १३ साउन ।
स्थानीय शान्ति समिति बैतडीमा ९१८ उजुरी दर्ता भएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ८३६ र बेपत्ता छानबिन आयोगमा ८२ उजुरी दर्ता भएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले आह्वान गरेअनुसार यी उजुरी सङ्कलन भएको स्थानीय शान्ति समितिका कार्यालय सचिव जयन्ती कुँवरले बताए ।
गत जेठ २ गतेदेखि साउन २ गतेसम्म यी उजुरी दर्ता भएका हुन् । उनले भने – “दर्ता भएका उजुरी सम्बन्धित आयोगमा पठाइएको छ ।”
गत जेठ २ गतेदेखि साउन २ गतेसम्म यी उजुरी दर्ता भएका हुन् । उनले भने – “दर्ता भएका उजुरी सम्बन्धित आयोगमा पठाइएको छ ।”
आयोगमा दर्ता भएका उजुरीका बारेमा सम्बन्धित आयोगले नै छानबिन गर्ने कार्यालय सचिव कुँवरले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...