यसरी पाउनुहोस्, घुर्ने समस्याबाट छुटकरा

तपाई राती सुत्दा घुर्ने समस्या छ। यदि छ भने तलका उपायहरु तपाईका लागि फाइदाजनक हुन सक्छन् 
– यदि तपाइँको शरीर मोटो छ भने तौल घटाउन कोसिस गर्नुहोस्। ब्लड प्रेसर सामान्य अवस्थाबाट एक्कासि बढ्दा घुर्ने समस्या निम्तिन्छ त्यसैले ब्लडप्रेसर नियन्त्रणमा राख्नु पनि उत्तिक जरुरी छ। 
– धूमपान तथा चुरोट सेवन पनि घुर्ने समस्याको प्रमुख कारण हो त्यसकारण चुरोट सेवन गर्न छोडिदिनुहोस्। घाँटीमा कफ पैदा हुँदा घुर्ने समस्या हुन्छ।
– राति सुत्नुअघि दूध, तेलयुक्त परिकार, चकलेटजस्ता खाना नखानु राम्रो मानिन्छ। प्रशस्त मात्रामा पानी पिउन भने जोड गर्नुहोस्।
– पंखा र एसीको सीधा नसुत्नु किनकी पंखा र एसीको सिधा सुत्दा श्वासनलीमा असर गर्छ र घुर्ने समस्या उत्पन्न हुन्छ ।
– हरेक दिन सुत्नुअघि मनतातो पानी पिउँदा श्वासनली राम्रोसँग खुल्छ र समस्यामा राहत मिल्छ। चिसो चिज खानु हुँदैन। राति सुत्नुअघि तातो पानीमा आयुर्वेदिक तेल राखेर बाफ लिँदा घुर्ने समस्यामा राहत मिल्छ। g2
– सुत्नुअघि एक चम्चा मह पिउँदा फाइदाजनक हुन्छ। सुत्नुअघि नाक सफा गरे नाकमा जम्मा भएका धुलोमैलो हटेर घुर्ने समस्यामा राहत मिल्छ। तातो पानीले घाँटी कुल्ला गर्दा पनि राहत मिल्छ।
– सुत्ने आसनले पनि घुर्ने समस्यामा प्रभाव पार्छ। अग्लो सिरानीमा नसुत्ने र बायाँ कोल्टेर सुत्नुभयो भने घुर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ। -एजेन्सी 

, ,

प्रतिकृया दिनुहोस्

Loading...