मारियाना द्वीपमा गयो ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प
एजेन्सी, १५ साउन । पश्चिमी प्रशान्त महासागरमा रहेको उत्तरी मारियाना द्वीपमा आज बिहान ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार बिहान करिब ७ बजेर १८ मिनेटमा भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।एग्रिहान द्वीपको दक्षिण पश्चिम करिब ३१ किलोमिटरको दुरीमा २१२ किलोमिटर गहिराईमा केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।
प्रतिकृया दिनुहोस्
Loading...