बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ७ को सनाखत


मकवानपुर १६ साउन ।

मकवानपुरमा भएको यात्रु बस दुर्घटनामा परि मृत्यु हुने ९ जना मध्ये ७ जनाको सनाखत भएको छ । 

दुर्घटनामा मृत्यु भएका मध्ये उदयपुरका बिनोद चौधरी, सन्तोष चौधरी, मणिरत्न चौधरी र लक्ष्मी अधिकारी , मुस्कान चौधरी, बाराका बिशाल धामी र भीमकुमारी तामाङको सनाखत भएको प्रहरीले जनाएको छ । 

अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन । ६ जनाको घटनास्थलमै, २ जनाको उपचारका लागी अस्पताल लैजादै गर्दा र थप एकको उपचारका क्रममा अस्पातालमा मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेम गौतमले जानकारी दिए । 

पुर्ब पश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको मनहरी ३ रमनटारमा काठमाण्डौबाट गाईघाट जादै गरेको ना ५ ख ५०५५ र झापाबाट काठमाण्डौ आउदै गरेको ना ५ ख ४०६४ नम्बरको बस आज विहान जुध्दा दुर्घटनामा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

३१ जना घाइते मध्ये १७ जनाको स्थानीय चुरे हिल अस्पतालमा उपचार भइरहेको र  अन्य १४ जना सामान्य उपचार पछि घर फर्किएका छन् ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...