मोर्चा फकाउँदै कांग्रेस–माओवादी

काठमाडौं १६ साउन ।

कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकारमा सहभागी हुन मधेसी मोर्चालाई आग्रह गरेका छन् । मोर्चाका नेताले भने सरकारमा सहभागिता र समर्थनका लागि सर्तहरू राखेका छन् ।

शनिबार बिहान कांग्रेस–माओवादी र मोर्चाका नेताबीच छलफल भएको थियो । सरकारमै सहभागी भएर समस्या समाधान गर्न कांग्रेस–माओवादीका नेताले मार्चालाई आग्रह गरेका गरे ।

मधेसी मोर्चासँगको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश सीमांकन विवाद एक महिनाभित्र टुंगो लगाउने बताएका थिए । एक महिनाभित्रै सीमांकन विवाद टुंग्याएर संविधान संशोधन विधेयक संसद्मा लैजानेगरी सहमति आवश्यक रहेको उनले बताए । तर, संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढाउन मोर्चा सरकारमा सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

स्थानीय तह पुनर्संरचना आयोगले प्रस्ताव गरेको पाँच सय ६५ स्थानीय तहको संख्यामा कांग्रेस, माओवादी केन्द्र र मोर्चाका नेताले असन्तुष्टि जनाएका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले गाउापालिका संख्या कम बनाउन खोजेकामा असन्तुष्टि जनाएका थिए । स्थानीय तहमा शक्ति विकेन्द्रीकरणभन्दा केन्द्रीकरण गर्न लागिएको देउवाको आरोप थियो । प्रचण्डले स्थानीय तहको संख्या पुनर्विचार गर्न सकिने बताएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त बैठकमा दुई प्रस्ताव राखेका थिए । उनले बैठकमा विषय प्रवेश गराउादै सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेका थिए । माग सम्बोधन गर्दा मात्रैको ‘कन्डिसन’बारे पनि जवाफ मागेका थिए ।

कांग्रेस, माओवादी र मधेसी मोर्चासहितको संघीय गठबन्धनले संयुक्त अवधारणा बनाउन नौ सदस्यीय कार्यदल गठन गरेका छन् । 

कार्यदलमा कांग्रेसबाट कृष्ण सिटौला, विमलेन्द्र निधि र रमेश लेखक, माओवादीबाट कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र वर्षमान पुन र गठबन्धनबाट तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेन कार्यदलमा छन् । कार्यदलले तीन दिनको समय पाएको छ ।

मेरो नेतृत्वको सरकारले अघि बढाएका राष्ट्रिय हित र समृद्धिसाग जोडिएका कार्यक्रम के हुन्छन् ? काठमाडौं–तराई जोड्ने द्रुतमार्ग र चीनसाग भएका सहमति र सम्झौतालगायतका राष्ट्रिय हितका काम–कारबाही अगाडि बढाए एमालेले रचनात्मक ढंगले सहयोग नै गर्छ ।

 सरकारको काम–कारबाही कस्तो हुन्छ, त्यसअनुसार एमालेले व्यवहार गर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...