‘जुरी’मा अल्झियो कुमार लामाको फैशला

काठमाडौँ १६ साउन । 

द्वन्द्वकालमा बन्दीलाई यातना दिएको आरोपमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामा विरुद्धको मुद्दाको छलफल ‘जुरी’ भित्रै सहमति नजुटेपछि शुक्रबार पनि टुंगोमा पुग्न नसकेको हो।
पक्ष विपक्षमा मत नमिल्दा मुद्दालाई अन्तिम टुंगो लगाउन गठित १२ सदस्यीय जुरी शुक्रबार पनि निष्कर्षमा पुग्न नसकेको हो।
जस्टिस स्वीनी नेतृत्वको इजलासमा वादी तथा प्रतिवादीका तर्फबाट बहस सकिएपछि गत सोमबार दिउँसोदेखि जारी डेलिबरेसन (गहन छलफल) अझै निष्कर्षमा पुग्न नसकेको हो।
निर्दोष वा दोषी जे सावित गरे पनि १२ जनाको जुरीबीच १०, २ वा ११, १ मत भए मात्र अन्तिम फैसलाको बाटो खुल्नेछ नत्र पुनः सुनुवाइ (रि-ट्रायल) हुने कानुनी प्रावधानले पटक-पटक जुरीबीच छलफल चलिरहेको छ।
शुक्रबारसम्म सहमति हुन नसकेपछि न्यायधीशले सोमबार पुनः इजलास बस्ने जनाउ दिएका छन् ।
लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइ सकिएपछि जुरी अन्तिम फैसला लिन डेलिबरेसनमा व्यस्त भएको हो । जुरीमा हरेक क्षेत्रका व्यक्ति सहभागी हुन सक्छन्।
‘अगष्टदेखि समर छुट्टी हुनुअघि फैसला आउने आशा थियो तर अझै कति समय लम्बिने हो भन्न सकिन्न,’ स्रोतले भन्यो। आजको कान्तिपुरमा छापिएको छ

,

प्रतिकृया दिनुहोस्

Loading...