रामेछापमा मिनीट्रक दुर्घटना, १० जना घाइते, चालक फरार

रामेछाप, १९ साउन ।

रामेछापको नागदह–७ को पिपलदीपस्थित घयाङडाँडामा बुधबार बिहान भएको मिनीट्रक दुर्घटनामा १० जना घाइते भएका छन् ।

सदरमुकाम मन्थलीबाट नागदहको धोवीमा लाग्ने साप्ताहिक हाटमा सामान लिएर गइरहेको बा२ख ११६८ नम्बरको मिनीट्रक ‘ब्रेकफेल’ भइ करिब ३० मिटर तल खसेको थियो ।

घाइतेमध्ये सत्यनाराण ठाकुर, रविन्द्र ठाकुर र अलउद्धिन मियाको अवस्था गम्भीर भएकोले उनीहरुलाई प्राथमिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...