नागपञ्चमीको चाँगुनारायणमा मेला
भक्तपुर, २३ साउन ।
नागपञ्चमीको अवसरमा भक्तपुरका विभिन्न धार्मिक पीठमा बिहानैदेखि भव्य मेला लागेको छ । जिल्लाको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि ठूलो मेला लागेको छ ।
मेला भर्न भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेदेखिका धर्मावलम्बीहरु मन्दिरमा आएका छन् । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोे मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए ।
साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यू, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने धार्मिक विश्वास रहेको उनले बताए ।
आजको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूलढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा रहेको छ ।
चाँगुनारायण मन्दिर नजिकै रहेको शङ्खदहमा पनि स्नान गर्नेको बिहानैदेखि घुइचो लागेको छ । यस दहमा स्नान गर्नाले रोग नलाग्ने र लागेको रोग पनि निको हुने जनविश्वास रहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...