कांग्रेसमा विवाद, मन्त्री छान्न देउवा र पौडेल छुट्टाछुट्टै छलफलमा

काठमाडौँ २० साउन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पार्टीका तर्फबाट सरकारमा सहभागी गराउने मन्त्री छान्न आफू पक्षधर नेताहरुको छुट्टाछुट्टै बैठक बोलाएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सहभागी हुने मन्त्रीको छनोट गर्न देउवाले आफू पक्षधर नेताहरुलाई छलफलका लागि बूढानिलकण्ठस्थित निवासमै बोलाएका छन्। 

देउवा पक्षधर नेताहरुको जारी वैठकमा नेताहरु बिमलेन्द्र निधि, अर्जुनरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँण लगायत नेताहरु सहभागी छन्। 

त्यस्तै सरकारमा मन्त्री पठाउँदा आफ्नो पक्षलाई वेवास्ता गरिए नराम्रो हुने चेतावनी दिँदै आएको बरिष्ठ नेता रामचन्द्र पौडेलले पनी आफु पक्षधर नेताहरुको छुट्टै बैठक बोलाएका छन् ।
सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बरिष्ठ नेता पौडेलले आफू पक्षधर केन्द्रीय सदस्य तथा सांसदलाई अनामनगरस्थित सम्पर्क कार्यालयमा बोलाएका हुन्। 

आफ्नो पक्षबाट सरकारमा जाने मन्त्रीको नाम तयार पार्ने पौडेल पक्षको तयारी छ। पौडेले पक्षले भागबन्डाका आधारमा मन्त्री पठाउनु पर्ने माग गर्दै आएको छ। 

आफूहरुलाई बेवास्ता गर्दै सरकारमा मन्त्री पठाइए आफ्नो पक्षबाट मन्त्री नै नपठाउने पौडेल पक्षले चेतावनी दिँदै आएको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...