रेमिट हाइड्रोको जलविद्युत् उत्पादनका लागि बाटो खुल्यो
काठमाडौं, २० साउन । प्रवासी नेपालीको लगानीमा उर्जा उत्पादन गर्ने लक्ष्यका साथ खोलिएको रेमिट हाइड्रोलाई जलबिद्युत उत्पादन गर्न बाटो खुलेको छ।
जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडले दुई आयोजना निर्माणका लागि सर्भेक्षण अनुमतिपत्र (लाइसेन्स) पाएसँगै बाटो खुलेको हो । रेमिट हाइड्रोलाई ऊर्जा मन्त्रालयले स्वीकृति दिएको छ ।
विदेशबाट नेपालमा पठाउने झन्डै ७ खर्ब रेमिट्यान्समध्ये ८० प्रतिशतभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भइरहेको अनुमान छ । छरिएको त्यो रकमलाई उपयोग गरेर जलविद्युत् आयोजनाहरू बनाउनुपर्ने बताइए पनि यसले बल्ल मूर्तरूप पाउन लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी जलविद्युत् आयोजना अघि बढाउन २०७१ मंसिरमा रेमिट लिमिटेड दर्ता गरेको कम्पनीले डेढ वर्षअघि सर्भेक्षण अनुमतिका लागि निवेदन दिएको थियो ।
ऊर्जा सचिवस्तरीय निर्णयबाट ताप्लेजुङमा रहेको ७१.५ मेगावाटको धुन्सा र ५३.७ मेगावाटको सिम्बुवा आयोजना सर्भेक्षणका लागि अनुमतिपत्र दिइएको छ । कम्पनीलाई १२५.२ मेगावाट २ आयोजना अघि बढाउनका लागि सर्भेक्षण अनुमति दिइएको ऊर्जा सचिव सुमनप्रसाद शर्माले जानकारी दिए ।
सर्भेक्षण अनुमतिपत्र पाएपछि दुवै आयोजनाको सम्भाव्यता अध्ययनलाई अपडेट गरेर दु्रतगतिमा विस्तृत अध्ययन अघि बढाउने लक्ष्य कम्पनीको छ ।
बर्सेनि ७ खर्बको हाराहारीमा विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रने गरेकोमा त्यसलाई उपयोग गरेर नेपालको आर्थिक समृद्धिलाई लक्षित गरी रेमिट हाइड्रो अघि बढाएको लगानी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
Loading...