'ह्याप्पी फ्रेन्डसिप डे' र ठुलीको अस्मिता !
आज पनि उस्ले चुपचाप आफ्नो मित्रको बचन सहि । त् यस्ती त् उस्ती तेरो आनीबानी यस्तो तेरो आफन्त त्यस्तो ।
सुनसान कोठामा ४ जनाको उपस्थिति, साँझको डिनरमा ठुलीले बनाएको गाउले परिकारहरु, हेर्दै जिब्रो रसाउने थिए । उ आफै गाउले परिवेशमा हुर्केकी भएर होला, ढिडो र गुन्द्रुकको झोल खुब मिठो पकाउथी उसले ।
निर्पालले दिनभरी खुदोभन्दा पनि गुलियो ८ /१० कफ खुवाएको कफीले अब जिन्दगीमा कहिलै चिया कफी नखाँउ जस्तो लागिसकेको थियो । मैनकाडाँको जस्तो तिखो तिरले घोचेजस्तै गरि कोठाभित्रको सबै सन्नाटा चिर्दै दिपक फतफतायो, चुरोट, तलाई त् यो पाए दशैँमा दक्षिणा पाएजस्तै लाग्दो हो है ........खा ।
' ठुलीले खाना पस्किदै गरेको दाँया हातको पन्युलाई देब्रे हातमा थमाई र दिपकले आफुले पिएर आधा बनाएको अनि धुँवा उड्दै गरेको चुरोट निभाएर भुइँमा राखी । पहिलोपटक उनीहरुले आफ्नो व्यबहार प्रस्तुत गर्दा मलाई सबै कुरा बुझ्न त्यति गाह्रो भएको थिएन, मैले थाहा पाए उनीहरु दुई बराबर हैसियत कायम गरेका महिला र पुरुष हुन् त्यसैले उनीहरु सहकर्मी पनि हुन् ।
'रुप राम्रो छ भन्दैमा गुण पनि राम्रो छ भन्ने हुदैन त्यसैले सम्बन्ध गास्दा रुप हैन गुण हेरौं, किन कि टल्किदैमा पितल कहिले सुन हुदैन ! उदाहरणका लागि तिमि मलाई हेर मेरो छाला जति कालो छ, मन त्यो भन्दा ठिक २ गुणा गोरो र टल्किने छ, अनि सफा पनि उस्तै ।' कोठामा पुग्ने बितिक्कै दिपकले ठुलीलाई सान दिदै भन्यो ।
त्यो निक्कै अव्यवस्थित कोठामा पस्नासाथ मेरो ध्यान त्यहाँको फ़ोहोर र कोठाभरी छरप्रस्टै भएर रहेका सामानहरुले तान्यो । त्यो कोठामा पातलो फम बिछ्याइएको ३ कुनामा ३ वटा खाट, एक कुनामा ग्यास चुलो र केहि भाँडाकुँडा थिए । 'कोठा यहि हो, ३ बेडमा हामि चारजना सुत्नुपर्छ ।' दिपकले जानकारी गरायो ।
पहिला कोठा व्यवस्थित गरौ, अनि फ्रेस हुन् जानुपर्छ ठुलीले मलाई हेर्दै भनी ! मैले टाउको हल्लाउदै उसको कुरामा समर्थन जनाए । उ डटेर लागि कोठा सरसफाइमा । म माथि अफिस पुगेर आउछु साथीहरुलाई भेटेर भन्दै म निस्किए त्यँहाबाट.. ।
नँया साथीहरुसँगको भेटघाट र चिनजानपछि म तल झरेँ । कोठाको ढोका बन्द रैछ, म बाहिरबाटै फर्किए । पारीपट्टी सानो कटेज देखेर केहि खानुपर्यो भन्ने सोचेर त्यतै लागे । फर्किदा लगभग साँझ परिसकेको थियो, कोठामा पस्नासाथ कोठाको सबै स्वरुप परिवर्तन पाए । बर्खाको बनपाखालाई कुहिरोले टम्मै ढाकेजसरि कोठामा धुँवा-धुँवा भएको थियो, ठुली र दिपक एउटै ओछ्यानमा बसेर चुरोट तान्दै गफ छुट्दै रैछन ।
म कोठामा पस्नासाथ ठुली ओछ्यानबाट झरी ! अब खाना खानुपर्यो, सबैजना आउ भन्दै अर्डर दिई । खाना खाएर सुत्ने तरखरमा लाग्दा फेरी दिपकले ठुलीको हात तान्दै भन्यो, 'आउ यो झरीमा रुझौ, कतै यी दुई मन बर्षातका थोपा जस्तै सँगसँगै भुइँमा बिलाएर सागर भेटन सकिन्छ कि त प्रिय !' ठुली मक्ख परि । त्यो दिन पहिलोपटक दिपकको कृतिमा उज्यालोबाट प्रज्वलित हुने आशामा सदासदाका लागी डढि उ !
यस्ता वर्षौं रातहरु बिते । यी दिनहरुमा दिपकले ठुलीप्रति गरेको व्यबहार देख्दा लाग्थ्यो, मानौ म कुनै वेश्यालयको दृश्यावलोकन गर्दै छु, यँहा ग्राहक र मालिकहरुले आफ्नो यौवनको प्यास मेटाउन उनीहरु एउटा लाचार महिलालाई गिद्धले सिनो लुछेजस्तै गरि लुछिरहेका छन् ।
नारी आफै एक जननी हो, उसले यो संसार बनाउन र धोस्त पार्न दुवै जानेको छ, मैले त्यहि कुरा सम्झे । म नारी होइन तर एक नारीलाई नजिकबाट बुझ्ने शुभचिन्तक भने हुँ ।
एक नारी र ३ पुरुष हामी र सँगै २ दर्जन बढी स्टाफहरु मिलेर इलामको चर्चित लभडाडा जाने निधो गरियो । पौष महिनाको जाडो, पहाडको सीरसिर हावाले कठ्याङ्ग्रिनु पर्ने हो की भन्ने मनमनै पिर परिरहेको थियो ।
निलो रंगको सारीसँगै निलै ब्लाउजमा निलै रङको ठुलो झुम्का लगाउदै ठुली आई र भनी 'म अझै तरुनी छु हेर कान्छा ! जचेको छ हैन त् ?' यो रुप दिपकलाई देखान उ आतुर थिई, मलाई त्यस्तो लाग्यो ।
मनले भन्यो हो साचिक्कै तिमि राम्री छौ, तिम्रो यौवन र रुप कहालीलाग्दो छ तर के गरुँ ? तिमि अर्कैकी मान्छे, मेरै अगाडी तिमिलाई अरुकसैले लुट्छ, म केवल दर्शक बनेर बस्न बाध्य हुन्छु । बिचरा म .....
यसै गरि उसले दिपकसँग वर्षौं बिताएपछि उसले एकदिन मलाई एक्लै परेको मौका छोपेर भनि, ' जाउ कान्छा , आज मेरा लागि एउटा उपकार गर, मलाई एउटा ह्वीस्की लिएर आउ, जिन्दगीमा अहिलेसम्म गरेका सबै गल्तिहरुलाई सम्झिदै पिउछु आज म । त्यो दिन उसले बेस्सरी पिई, त्यहि पिएको नसामा होला आफ्ना सबै अतीतका राजहरू उसले मेरा अगाडी छताछुल्ल पारि ।
उसले अन्त्यमा भनि, ' कान्छा, पढ्न त सल्फ्युरिक एसिड र हाइड्रोक्लोरिक एसिड कडा हुन्छ भनेर पढियो। तर सबैभन्दा कडा एसिड त मेरो मित्रको बचन रैछ जुन उसको मुख र व्यबहारबाट निस्केर सिधै मेरो मुटु जलाइदिन्छ, उसको उज्यालोको माध्यमबाट संसार नियाल्छु भन्दा आफ्नो जिन्दगी डढेर खरानी भयो !
अब घर फर्किन्छु, मेरो प्राणनाथ मेरो र मेरो छोराले बाटो कुरिरहेका होलान' उसले थपी, 'त्यो मित्रता दिवस मेरो जीवनमा अभिशाप बनेर आयो, मैले त्यहि दिन दिपकलाई मित्र बानाए आज वर्षौंपछि त्यहि दिनमा अस्मिता गुमाए, मलाइ जिउनै मन छैन यसको मतलब यो हैन कि म मरिहाल्न चाहन्छु, अझै पनि त्यहि मित्रको खुसी हेर्न भए पनि घिटिघिटी जिउनु नै छ मैले यो बेमतलबी जिन्दगी ।' उ नशामै थिई र भन्दै थि, 'पिडा त हजारौ छन् यो मुटुमा, तर कोही आफ्नोले देखेर पनि नदेखेको झैँ गर्दा सहन नसकिने रहेछ ।' तिम्रा ति मौन याद , अनि यो सुनसान रात ..!!
दुबैले सुत्न दिएनन् मलाई उ ह्वीस्कीसँगै मनको व्यथा साँटिरही र भनीरही..... सायद आज आएर उसले छुट्याएको हुनुपर्छ, एउटा असल मित्रको मित्रता र मित्रको नाममा दरिद्रता प्रस्तुत गर्नेहरुबीचको फरक । उ हिजो जसको मित्र बनेर मनमा पस्यो, आज उसैको अस्मिताको सिकारि बनेर तनको ढोका फोडेर निस्कियो ।
उसको पीडाले मेरो मन धुरुधुरु रोईरह्यो, तर उसलाई भन्न सकिन ठुली तिम्रो मनको भारी मेरो मनको चौतारीमा बिसाउ, म तिम्रो हरेक सुख टाढा गरिदिन्छु भनेर । क्रमसः
यो लेख काल्प्पनिक हो । यदी कसैको जिबनमा मेल खान गएमा संयोग मात्र हुने छ । लेखका बाकी भागहरु आगामी दिनमा प्रकाशित गर्ने छौं, प्रतिक्षा गर्नुहोला ।

विश्व मित्रता दिवसको आवसरमा सबैलाई शुभकामना
प्रतिकृया दिनुहोस्
Loading...