पहिरोका कारण १५ घरपरिवार विस्थापित हुने खतरा

ललितपुर, २० साउन ।

अविरल वर्षाका कारण आएको पहिरोले १५ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । भट्टेडाँडा–९, काल्चेमा गएको पहिरोले सो अवस्था ल्याएको स्थानीयवासी विष्णुप्रसाद तिमल्सिनाले बताए ।

लगनखेलबाट ३५ किलोमिटरको दूरीमा पर्ने सो स्थानका बासिन्दा यसबाट त्रसित बनेको बताइएको छ । सो स्थानमा बसोबास गर्ने विष्णुप्रसाद घिमिरे, अर्जुन घिमिरे, रामशरण सापकोटा लगायतका घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ ।

पहिरोले व्यक्तिगतरुपमा रहेको सय रोपनी जग्गा खण्ड–खण्डमा परिणत गरेको छ । पहिरोले गर्दा त्यस क्षेत्रमा सवारीसाधन सञ्चालनमा समस्या भएको उनले बताए ।

दैनिक रुपमा उत्पादन भएको तरकारी, दूध, दुग्धजन्य पदार्थलगायत सामग्री बजारसम्म ल्याउन जटिल समस्या भइरहेको उनले बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...