प्रधानमन्त्री दाहालले लिए जनताको नाममा सपथ, उपप्रधानमन्त्रीमा निधी र महरा
काठामाडौं, २० साउन । नवनिर्वाचित माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भवनमा पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार निर्वाचित दाहाललाई सपथ तथा गोपनियताको सपथ खुवाएकी हुन् ।
प्रधानमन्त्री दाहालले देश र जनातको नाममा सपथ लिए । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्री सहित विभिन्न दलका नेताहरु र कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति छ ।
प्रधानमन्त्री दाहालले देश र जनातको नाममा सपथ लिए । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्री सहित विभिन्न दलका नेताहरु र कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति छ ।
सपथ ग्रहणपछि नयाँ प्रधानमन्त्री दाहाललार्इ सबैले बधार्इ दिने क्रम सुरु भएको छ । बुधबार संसदमा भएको निर्वाचनबाट दाहाल प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका छन् । उनी मुलुकको ३९ औं प्रधानमन्त्री भएका छन् ।
प्रधानमन्त्रीको सपथपछि उपप्रधानमन्त्री बिमलेन्द्र निधी र कृष्णबहादुर महराले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भण्डारीले नै दुवैजना उपप्रधानमन्त्रीलार्इ सपथ गराएकी छन् । उपप्रधानमन्त्रीपछि मन्त्रीहरु रमेश लेखक, गौरिशंकर चौधरी र दलजित श्रीपाइलीले पनि सपथ लिए ।

प्रतिकृया दिनुहोस्
Loading...