काठामाडौं, २० साउन । ढुङ्गे युगबाट अहिलेको आधुनिक युग, प्रविधिको युग सम्म आइपुग्दा मान्छेले लड्न भिड्नकै लागि पनि धेरै समय खर्चेको छ। आतंक फैलाउन देखि आतंक फैलाउने विरुद्ध हतियारहरु प्रयोग हुदै आएको छ। जान्नुस् संसारका सबैभन्दा घातक १० हतियार
१. फ्लेमथ्रोअर
यो आगो फाल्ने उपकरण हो। विभत्स ढंगले मान्छे मार्ने यो हतियार पहिलो विश्व युद्धमा अत्याधिक प्रयोग गरिएको थियो। ग्याँसको सिलिण्डर समेत बोकेर हिड्नुपर्ने यो झन्झटीको तर दुश्मको सुरक्षा घेरा तोड्न सक्ने भयानक हतियार हो।
२. लाइटवेट मेसिन गन
मेसिन गनको धैरै प्रकार छन्। तर प्रयोग गर्न सुरक्षित अनि तौल पनि कम भएका मेसिनगन M249 पछि आएका मेसिनगन हुन। एउटै ब्यारेलमा १०४,००० राउन्ड फायर गर्न सक्ने एक मेसिनगन हालै अमेरिकाले परिक्षण गर्यो। छिटो गतिमा धेरै राउन्ड गोली प्रहार गर्न सक्ने कारण नै यसलाई निकै घातक मानिन्छ।
३. लकहिड AC-130 स्पेट्र गनसिप
यो शक्तिशाली वायुयानको प्रमुख प्रयोगकर्ता अमेरिकी वायु सेना हो। विशेष गरि यसको प्रयोग जमिनमा आफ्नो सेनाको ट्रुपलाई सुरक्षा प्रदान गर्न, एकठाउँबाट अर्को ठाउँमा लैजान र स्कर्टिङको लागि हुन्छ। निकै उत्कृष्ट नेभिगेसन प्रणाली, सेन्सर र अत्याधुनिक हतियारले सुसज्जित यो विमानले एकै पटक दुई टारगेटमा निशाना लगाउन सक्छ।
४. DSR-50 स्नाइपर राइफल
स्नाइपर राइल मध्ये DSR-50 निकै उत्कृष्ट मानिन्छ। यसले निकै शक्तिशाली ५० क्यालीबरको गोली फ्रि फ्लोटिङ ब्यारल प्रविधि र निकै उत्कृष्ट निशानाको साथ प्रहार गर्न सक्छ। करिब २५००० डलर मूल्य पर्ने यो स्नाइपर राइफल फायर गर्दा उफ्रने वा पछाडी धक्का दिने गर्दैन।
५. नापाल्म बम
नापाल्म बम पेट्रोलियम जेलीबाट बन्ने विस्फोट पदार्थ हो। यो विस्फोट हुँद १२०० डिग्री सेन्ट्रिग्रेड सम्म तापक्रम पुग्ने गर्छ। चर्चित भियतनाम युद्धको बखत यो बम बनाइएको अनि प्रयोग गरिएको थियो। पछि म्याग्नेसियम पनि बममा मिसाइयो। यसो गर्दा बमले घाइते भएका व्यक्तिको शरिरमा पानी पर्दा अझै जलन हुन्थ्यो।
६. AK-47
एके-४७ दोस्रो विश्वयुद्धको आविस्कार हो। सो बखत नाजी सेनाले यो हतियार सबैभन्दा बढी प्रयोग गरेका थिए। बनाउन सस्तो, चलाउन खासै ट्रेनिङ नचाहिने अनि निकै विषय मौसममा पनि प्रयोग गर्न सकिने हुँदा यसको प्रयोग अत्याधिक भएको थियो। अहिले यसलाई विश्वकै सबैभन्दा प्रभावकारी र सबैभन्दा बढी मानिस मारेको हतियारको रुपमा लिइन्छ।
७. एसल्ट राइफल (F2000)
F2000 लाई विश्बकै खतरनाक एसल्ट राइफलको सूचीमा नम्बर एकमा राखिन्छ। पहिलो पटक सन् २००१ मा आबुधावीमा प्रदर्शनमा राखिएको यो राइफल पुरै स्वचालित छ। प्रतिमिनेट ८५० राउन्ड फायर गर्न सक्ने यसको प्रभावकारी रेन्ज ५०० मिटर छ। साथे यसले ४०मिमि को ग्रिनेट समेत लञ्च गर्न सक्छ।
एड्भान्स हेभी मेसिन गन
यो मेसिनले क्षतविक्षेत गराउन सक्छ। XM307 ACSW नामको यो मेसिन गन हेलिकप्टर, गाडी, पानीजहाज ध्वस्त पार्न सक्छ। प्रति मिनेट २६० राउन्ड फायर गर्न सक्ने यो मेसिनलाई गाडीमा राखेर पनि फायर गर्न सकिन्छ।
१०. F-22 र्याप्टर फाइटर जेट
लकहिड मार्टिन F-22 र्याप्टर दुई इन्जिन भएको पाचौं पुस्ताको सुपरसोनिक फाइटर विमान हो। जमिनमा आक्रमण, इलेक्ट्रोनिक युद्धमा प्रभावकारी भुमिका खेल्ने यो हतियार अमेरिकी राष्ट्रपति सुरक्षार्थ खटिएको हुन्छ। श्राेत – नेपाली हेडलाइन -
संसारका १० घातक हतियारहरु १० तस्विरमा हेर्नुस
Loading...