उपत्यकामा हैजा फैलाउने ट्यांकरको पानी
काठमाडौ, २० साउन ।
काठमाडौमा ट्यांकरबाट वितरण गरिएको अत्याधिक प्रदुषित पानीका कारण हैजाले प्रकोपको रुप लिएको पुष्टि भएको छ ।
विगत एक महिनादेखि ललितपुर भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारण दिसा मिश्रति प्रदुषित पानी कोलिर्फम भएको स्वास्थय सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ । आजको अन्नपूर्णमा समाचार छ ।
हैजाका संक्रमितले पिउँदै आएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ६० प्रतिशत भएको फेला परेको उल्लेख छ ।
महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र जोन हप्किन्स विश्वविद्यालयबाट खतिटएको टोलीले स्थलगत अध्ययनपछि संकलन गरेको १६ वता पानीका नमुना जाँच गर्दा ४६ वटामा कोलिर्फम पाइएको महाशाखाका डा। गुणनिधि शर्माले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...