कांग्रेस सभापति देउवाका नाममा लेखियो सुसाइड नोट ! (नोटसहित)
मेराे पतिलाइ केहि भए आत्महत्या गर्छु
काठमाण्डाैँ, २० साउन । सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाममा एक पत्र लेख्दै गौरीले आफ्ना पति गणेश सापकोटालाई अनशनकै क्रममा केही भएमा आफू पनि प्रजातन्त्रका नाममा बलिदान हुने चेतावनी दिएकी हुन् ।
उनले चेतावनीपूर्ण पत्रमा भनेकी छिन्, “उहाँको मन जसरि पार्टिमा समर्पित छ मेरो मन त्यसैगरि उहाँमै आश्रित छ ।
बाग्लुङ्गका यी बस्ति र देश सेवा गर्ने अठोट मा निस्कनु भएको पति तथा उहाँको साथि रत्नहरि ढुंगेलको समेत जिवन रक्षा गरिदिनुहुन विक्षिप्त हृदय बाट हार्दिक अनुरोध गर्दछु । उहाँकी अर्धाङ्गिनि भएकि हुनाले यि स- साना बच्चा र सिउँदोलाई साक्षि राखेर भन्न चाहान्छु ‘तलमाथि नराम्रो केहि भएमा तपाईका नाममा प्रजातन्त्र माग्दै मेरो पनि बलिदानि आइपुग्ने पक्का छ”।
नेवि संघका कार्यकर्ताहरुले विधि संवत महाधिवेशनको माग राखेर कांग्रेस पार्टी कार्यालय, सानेपामा अनसन जारी राखेका छन् ।
सभापतिको दावी गरिरहेका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले, महामन्त्रीका दावेदारहरु, युवराज पाण्डे, डिल्लीराम सुवेदी, सहमहामन्त्रीका दावेदार गणेश सापकोटा, उपाध्यक्षको दावी गरिरहेका डुजाङ शेर्पा, केन्द्रीय सदस्यका लागि दावी गरिरहेका शैलेन्द्र शर्मा गौडेल, कुमार दुलाल, लगायतको समूहले विधिवत महाधिवेशनको माग राख्दै अनसन जारी गरेका हुन् ।
सामाजिक संजालले फेसबुकमा उनले लेखेको स्टाटस यस्तो छ


प्रतिकृया दिनुहोस्
Loading...