मुस्लिम दाजुभाइले बनाए रामेश्वर महादेवको मन्दिर
काठमाडौँ २४ साउन ।
धर्म–धर्मबीच केही वैरभाव छैन। वैरभाव त मानिसले नै पैदा गरेको हो भन्ने सन्देशसहित पर्साका दुर्इ मुस्लिम दाजुभाईले हिन्दुहरुका आस्थाका भगवान् रामेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका छन्।
विरगन्ज उपमहानगरपालिका-१०, पानी ट्यांकीका डा. जैनुद्दीन अन्सारी र बसुरुद्दीन अन्सारीले कुल ४८ लाखको लागतमा वीरगन्जको प्रसौनी विर्ता गाविस हालको वीरगन्ज उपमहानगरपालिका-२६ मा साढे ७ कट्ठा जमिनको क्षेत्रफलमा सो मन्दिर निर्माण गरिदिएका हुन्।
मुस्लिम दाजुभाईको लगानीमा बनेको हिन्दु धर्मावलम्बीहरुको सो मन्दिरको पूर्णरुपमा सञ्चालनका लागि आइतबार भव्य रुपले कलश यात्रा निकालिएको थियो। राजधानी दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्
Loading...