महान्यायाधिवक्ता फुँयालद्वारा राजीनामा

काठमाडौँ, १९ साउन ।


महान्यायाधिवक्ता तथा सरकारको कानुनी सल्लाहकार हरि फुयालले आज महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन ।

महान्यायाधिवक्ता फुयालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएर आएको राससलाई जानकारी दिए ।

उनले बिहीबारदेखि लागू हुनेगरी राजीनामा दिएका छन् । महान्यायाधीवक्ता फुँयाल गत वैशाख ६ गते महान्यायाधिवक्तामा नियुक्त हुएका थिए ।

सरकार परिर्वतन हुँदा कानुनी सल्लाहकार पनि परिर्वतन हुने प्रचलन अनुसार उनले आज राजीनामा दिएका छन्।

,

प्रतिकृया दिनुहोस्

Loading...