माओवादीबाट महरा उपप्रधान एवं अर्थ मन्त्री बन्दै

काठमाडौं, २० साउन । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रचण्ड सरकारमा उपप्रधान एवं अर्थ मन्त्री बन्ने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् र बिहीबार ३ बजे सपथ लिने कार्यक्रम छ ।

सपथ लगतै प्रचण्डले सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् । पहिलो चरणमा माओवादीबाट तीन मन्त्री बन्ने छन् । माओवादी केन्द्रीय कार्यालयको बिहीबार विहान बसेको बैठकले तीन मन्त्री बनाउने निर्णय गरेको हो ।

तर, नाम टुंगो लाग्न बाँकी छ । माओवादी उच्च स्रोतका अनुसार महरा उपप्रधान एवं अर्थ मन्त्री बन्ने पक्का भइसकेको छ । अन्य नेताहरुको नाम भने तय भइनसकेको एक नेताले बताए ।



, , ,

प्रतिकृया दिनुहोस्

Loading...