कुलेखानी जलविद्युत आयोजनाको सव-स्टेशनमा भीषण आगलागी

काठमाडौं, १७ साउन । 

कुलेखानी जलविद्युत आयोजनाको कलंकी स्वीचाटारस्थित सव-स्टेशनमा भीषण आगलागी भएको छ। 

काठमाडौं उपत्यकाभरि प्रसारण हुने सव-स्टेशनको १३२ केभी लाइनमा आगलागी भएको हो। जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईका अनुसार सर्किट टुटेर आगो लागेको हुनसक्ने आशंका गरिएको छ।

 भट्टराईका अनुसार अहिले दुई वटा वारुण यन्त्रद्वारा आगो निभाउने प्रयत्न भइरहेको छ। तर, आगो नियन्त्रणमा आउन सकेको छैन। ललितपुरस्थित दमकलबाट पनि एउटा वारुण यन्त्र त्यसतर्फ प्रस्थान गरेको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...