किन गरे ७५ युगल जोडीले म्बन्धविच्छेद ?
पर्वत, २० साउन । पछिल्ला केही वर्षयता पर्वतमा सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक रुपमा विभिन्न मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा ७५ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । आव २०७२÷७३को साउन महिनादेखि असार मसान्तसम्म ७५ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएको पर्वत जिल्ला अदालतले जानकारी दिएको छ ।
अघिल्लो आव २०७१÷७२ मा भन्दा आव २०७२÷७३मा ७५ प्रतिशत बढीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ । आव २०७१÷७२ जम्मा ४८ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । तीमध्ये ४३ वटा मुद्दा फछ्र्योट भएका थिए । सम्बन्धविच्छेदका अधिकांश घटना फछ्र्योट भइसकेको जिल्ला अदालत पर्वतका मुख्य न्यायाधीश मोहनराज भट्टराईले जानकारी दिए ।
पुरुष सम्बन्धविच्छेदका लागि अदालतमा आउने धेरै खालका प्रक्रिया पु¥याउनुपर्ने भएकाले र पुरुषले सम्बन्धविच्छेद गर्न खोज्दा महिला तथा घरेलु हिंसालगायतका प्रश्न पनि उब्जिने भएकाले महिला नै बढी मात्रामा सम्बन्धविच्छेदका मुद्दा लिएर आउने गरेको कार्यालयले जानकारी दिएको छ ।
सूचना प्रविधिको विकाससँगै मोबाइल र फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पनि परिवारमा बेमेलको अवस्था सिर्जना गर्ने गरेको पाइएको कानुन व्यवसायीको भनाइ रहेको छ । अर्कोतिर दाइजो र बाबुआमाको दबाबमा विवाह गर्नुपर्नेलगायतका कारणले पनि सम्बन्धविच्छेदलाई बढावा दिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...