टुंगियो माओवादी कांग्रेसको मन्त्रालय भागवण्डा ! कुन दलले के के पाए ?


काठामाडौं, २० साउन । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा मिलेको छ ।

कांग्रेसले थप दुई मन्त्रालय दाबी गरेपछि बिहीबार दुई दलका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । बानेश्वरमा भएको वार्तामा मन्त्रालय भागवण्डामा समझदारी भएको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सरकारको नेतृत्वकर्ता दल माओवादीको भागमा अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, युवा तथा खेलकुद र कानुन मन्त्रालय परेको छ । आठौं मन्त्रालय महिला बालबालिका तथा समाज कल्यण हुन सक्ने बताइएको छ ।

सरकारको प्रमुख घटक कांग्रेसले गृहसहितका १३ मन्त्रालय लिनेछ । कांग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन लगायतका मन्त्रालय परेको छ ।




, ,

प्रतिकृया दिनुहोस्

Loading...