प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित
काठमाडौँ १९ साउन ।
नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
दाहाल संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।
नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा साढे ३ बजे भएको निर्वाचनबाट दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुँन्।
बुधबार संसदमा भएको मतदान पश्चात सभामुख ओनसरी घर्तिमगरले संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये कुल खसेको ५७३ मतको ३६३ मत पाएर मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्।
आज भएको मतदानमा एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले विपक्षमा मतदान गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि बुधवार निर्वाचन भएको थियो। प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्रै उम्मेदवारी परेको थियो।
प्रधानमन्त्रीका उम्मेदवार दाहालले आफ्नो उम्मेदवारी संसदमा सूचना दिइसकेपछि प्रस्ताव र समर्थकले समर्थन गरेका थिए।
प्रधानमन्त्रीका उम्मेदवार दाहालले आफ्नो उम्मेदवारी संसदमा सूचना दिइसकेपछि प्रस्ताव र समर्थकले समर्थन गरेका थिए।
त्यसपछि सभामुखले प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरिन। प्रचण्ड प्रधानमन्त्रीका लागि एक्ला उम्मेदवार भएपनि मत विभाजन भने भयो।
दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएसँगै उनी दोस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेतासमेत भएका छन्।
प्रतिकृया दिनुहोस्
Loading...