विद्युत् महसुल नबुझाउने ४४ ग्राहकको लाइन काटियो
लहान, २० साउन ।
नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ ।
प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ ।
विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको प्राधिकरण लहानका प्रमुख माधवप्रसाद यादवले बताए ।
उनका अनुसार विद्युत् लाइन काटिएको ४४ जना ग्राहकबाट करिब रु १० लाखभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ ।
विद्युत् प्राधिकरण कार्यालय लहानले आव २०७२÷७३ मा पनि २८७ जना ग्राहकको विद्युत्को लाइन काटेको र त्यसमध्ये ९१ जना ग्राहकबाट रु ३२ लाख १५ हजार ९७४ बक्यौता असुली गरेको थियो ।
विद्युत् प्राधिकरण कार्यालय लहानले आव २०७२÷७३ मा पनि २८७ जना ग्राहकको विद्युत्को लाइन काटेको र त्यसमध्ये ९१ जना ग्राहकबाट रु ३२ लाख १५ हजार ९७४ बक्यौता असुली गरेको थियो ।
प्राधिकरण लहानमा ५४ हजार ग्राहक रहेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...