उत्तर कोरियाको मिसाइल जापानको समुद्रमा खस्यो
काठमाडौं, १९ साउन ।
उत्तर कोरियाले परीक्षण गरेको ब्यालेस्टिक मिसाइल जापानको समुद्रमा खसेको छ ।
दक्षिण कोरिया र जापानकाअनुसार उत्तर कोरियाको पूर्वी तटमा परीक्षण गरिएको मिसाइल एक हजार किलोमिटर दूरी पार गर्दै बुधबार जापानको समुद्रमा खसेको हो ।
जापानका प्रधानमन्त्री शिन्जो आवेले उत्तरको यस कदम आफ्नो मुलुकका लागि गम्भीर चुनौती भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघले आणविक र ब्यालेस्टिक मिसाइल प्रविधि विकास गर्न प्रतिबन्ध लगाएपनि उत्तरले भने यसको अवज्ञा गर्दै लगातार मिसाइल परीक्षण गर्दै आएको छ । (एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...